कोरोना भाइरस संक्रमणबाट नगरबासीलाई जोगाउन भन्दै स्थानीय तहहरूले खोप खरिदको अनुमति माग्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै दौडधुप थालेका छन् ।
संघीय सरकारले ‘भ्याक्सिन’ किनेर ल्याउन नसक्दा आलोचना खेपिरहेका बेला स्थानीय तहहरूले कोभिड–१९ रोकथाम, नियन्त्रण र व्यवस्थापन लागि आफैं अग्रसरता लिने आँट गरेका हुन् ।
सरकारसँग खोप किन्ने अनुमति माग गर्नेमा कोरोनाबाट अतिप्रभावित महानगरदेखि पहाडी जिल्लाका नगरपालिका र गाउँपालिकासम्म रहेका छन् । ‘लकडाउन’ गरेर तथा घरमै बसेर मात्र क...