सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै : लुक्लामा हवाई टिकट लिनेको चाप

साेलुखुम्बु - पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या बढेको छ । यसवर्ष वसन्तयामको पर्यटक सिजन सकिएसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्न थालेको हो । सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार पछिल्लो एक हप्तामा २ सय ६९ विदेशी र ५५ नेपाली गरी ३ सय २४ जना पर्यटक भित्रिँदा ७ सय ९१ विदेशी र २ सय ३९ नेपाली गरी १ हजार ३० जना बाहिरिएका छन् । एक महिना अघिसम्म भित्रिने पर्यटकको चाप रहेको खुम्बुमा अहिले फर्किने पर्यटकको सङ्ख्या बढ्दै गएको निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलले बताउनुभयो । नाम्चे, खुम्...