म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ ठाडाखानी गाउँको सिरानमा रहेको तामाखानी उत्खनन् नहुँदा सय वर्षदेखि अलपत्र छ।ठाडाखानीको सिरानमा पर्ने रुमले भीरमा रहेको विशाल तामाखानी १ सय ७ वर्षअघि विसं १९७१ सम्म सञ्चालनमा रहेको र त्यसपछि तत्कालीन सरकारले प्रतिबन्ध लगाएकाले बन्द भएको थियो। उक्त खानी अहिलेसम्म सञ्चालनमा ल्याउने प्रयास कसैले नगर्दा अलपत्र रहेको हो।तत्कालीन समयमा तामा उत्खनन् गरेबापत सरकारलाई भेजा (कर) तिर्न नसक्दा खानी राणाहरूको मौखिक आदेशमा बन्द गरिएको स