गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजना सार्वजनिक | Nagarik News - Nepal Republic Media

गण्डकी प्रदेशले प्रथम पञ्चवर्षीय योजना तयार पारेको छ । गण्डकी प्रदेशको नीति तथा योजना आयोगले प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना तयार पारेको हो । आर्थिक वर्ष २०८०/८१ सम्मका लागि तयार पारिएको प्रथम पञ्चवर्षीय योजना समेटिएको पुस्तकको गण्डकी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष पृथ्वीसुब्बा गुरुङले आइतबार लोकार्पण गरे ।