गिनीमा राष्ट्रपतिलाई गिरफ्तार गर्दै सेनाले सत्ता हत्यायो

एजेन्सी । अफ्रिकी मुलुक गिनीमा सेनाले सत्ता हत्याएको छ । गिनीको राजधानी कोनाक्रीमा रहेको राष्ट्रपति भवन प्रवेश गरेका सेनाले अन्धाधुन्ध गोली प्रहार गरी गिनीका राष्ट्रपति अल्फा कोंडेलाई गिरफ्तार गरेको छ । साथै उनीहरुले गिनीका सबै सीमा नाकाहरु पनि सील गरेका छन् । सत्ता हत्याएको सेनाले संविधानमाथि रोक लगाउनुका साथै राज्य संस्था पनि भंग भएको घोषणा […]

सम्बन्धित सामग्री

सुडानका प्रधानमन्त्रीसहित दर्जनौ नेता सेनाको नियन्त्रणमा

सुडानको सेनाले प्रधानमन्त्री अब्दल्ला हम्डकसहित दर्जनौ नेताहरुलाई गिरफ्तार गरेको छ । प्रधानमन्त्री हम्डकलाई अपदस्थ नै गरेर सेनाले सत्ता पनि नियन्त्रणमा लिएको विदेशी सञ्चार माध्यमहरुद्धारा जारी समाचारमा उल्लेख छ । संचार मन्त्रालयले प्रधानमन्त्री हम्डकलाई सेनाको नियन्त्रणमा राखिएको पुष्टि गरेको छ । सोमबार सत्ता विद्रोह गरेको सेनाले प्रधानमन्त्रीलाई पदत्याग गर्न भनेपनि उनले अस्वीकार गरेपछि सेनाले प्रधानमन्त्री हम्डकलाई नियन्त्रणमा लिएको हो । उनलाई अहिले सेनाले अज्ञात स्थलमा राखेको छ । नागरिक अ

सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तार, सैनिक ‘कू’ को आशंका

एजेन्सी । अफ्रिकी मुलुक सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तारमा परेका छन्। संक्रमणकालीन सरकारका प्रमुख सहित थुप्रैमन्त्रीहरु गिरफ्तारमा पर्नुले त्यहाँ सैनिक ‘कू’ भएको हुन सक्ने आशंका गरिएकाे छ । बिबिसीका अनुसार सोमबार बिहान उज्यालो नहुँदै केही मानिसहरूले प्रधानमन्त्री अब्दुल्लाह हामदोकसहित कम्तीमा चार जना मन्त्रीलाई नियन्त्रणमा लिएका छन्। उनीहरूलाई केही सैनिकले गिरफ्तार गरेको बताइएको छ। सेनाले भने अहिलेसम्म […]

सैनिक ‘कू’ पछि म्यानमारको आर्थिक अवस्था नाजुक

एजेन्सी। फेबु्रअरी १ मा सेनाले शासन आफ्नो हातमा लिएपछि म्यानमारको आर्थिक हालत नाजुक हुन पुगेको छ। त्यहाँ सरकारी ढुकुटीमा नगद अभाव छ भने महँगी अकास्सिएको छ। बैंकबाट रकम निकाल्न दैनिक रुपमा मानिसको भीड लाग्न थालेको छ। निर्वाचित आङ सान सुकीको सरकार हटाएर सेनाले शासन हातमा लिएपछि त्यहाँ आठ सयभन्दा बढी मारिएका छन् भने करिब चार हजार गिरफ्तार भएका छन्।

सैनिक ‘कू’ पछि म्यानमारको आर्थिक अवस्था नाजुक

एजेन्सी। फेबु्रअरी १ मा सेनाले शासन आफ्नो हातमा लिएपछि म्यानमारको आर्थिक हालत नाजुक हुन पुगेको छ। त्यहाँ सरकारी ढुकुटीमा नगद अभाव छ भने महँगी अकास्सिएको छ। बैंकबाट रकम निकाल्न दैनिक रुपमा मानिसको भीड लाग्न थालेको छ। निर्वाचित आङ सान सुकीको सरकार हटाएर सेनाले शासन हातमा लिएपछि त्यहाँ आठ सयभन्दा बढी मारिएका छन् भने करिब चार हजार गिरफ्तार भएका छन्।

अफ्रिकी मुलुक मालीमा सैनिक विद्रोह, प्रधानमन्त्री गिरफ्तार

एजेन्सी। अफ्रिकी मुलुक मालीमा सैनिकले विद्रोह गरेर निवर्तमान राष्ट्रपतिसहित प्रधानमन्त्रीलाई गिरफ्तार गरेका छन्। सरकार परिवर्तन गर्ने बेला सेनाका दुई जनालाई मन्त्रिमण्डलबाट हटाएपछि सैनिक विद्रोह भएको हो।सेनाले रक्षमन्त्रीलाई पनि गिरफ्तार गरेको संयुक्त राष्ट्र संघ र अफ्रिकी युनियनले बताएको छ। अन्तर्राष्ट्रिय समुदायले मालीका निवर्तमान राष्ट्रपति बाह एन दाव र प्रधानमन्त्री मोक्टार ओआनेलाई रिहा गर्न माग गरेका छन्।

सेनाले सत्ता नियन्त्रणमा लिएपछि म्यानमारमा ८१८ जनाको मृत्यु

सेनाले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म ८१८ जनाको मृत्यु भएको छ ।  कुल मृतकमध्ये तीन जनाको आइतबार मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।  दुई युवकलाई जुन्ता सरकारका सुरक्षाकर्मीले कयाह राज्यमा गोली हानेर मारेका हुन् । सहरबाट माग भएअनुसार गाउँबाट खाद्य पदार्थ लिएर आइरहेका बेला उनीहरुको हत्या भएको जनाइएको छ । उनीहरुको शव पनि सैनिकले नै नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ । सैनिक सरकारले अहिले चार हजार २९६ जनालाई गिरफ्तार गरेर थुनामा राखेको छ भने तीम...

म्यानमारमा सामाजिक सञ्जाल प्रतिबन्धित, ४८ पत्रकार गिरफ्तार

एजेन्सी। सत्ताकब्जापछि क्रूर बन्दै गएको म्यानमार सरकारले सामाजिक सञ्जालमाथि कडा प्रतिबन्ध लगाएको छ। सूचनामा नियन्त्रण गर्दै ४८ पत्रकार गिरफ्तार गरेको छ भने आइतबार सेनाको गोलीबाट आठजनाको मृत्यु भएको छ। लोकतन्त्र बहाली आन्दोलनमा अहिलेसम्म ७५९ जनाको मृत्यु भइसकेको छ। फेसबुक, ह्वाट्सएप, इन्स्टाग्रामजस्ता साइटमा प्रतिबन्ध लगाइएको छ भने थुप्रै अखबार बन्द गराइएको छ। फेबु्रअरी १ मा त्यहाँ सेनाले सत्ताकब्जा गरेको थियो।

नेपाली कांग्रेसले विश्वव्यापी रूपमा साझा ऐक्यबद्धता जनाएको छ

नेपाली कांग्रेसले म्यानमारको सेनाले ‘कू’ गर्दै सत्ता हत्याएको विषयलाई विश्वव्यापी रूपमा ऐक्यबद्ध भई निन्दा गर्नुपर्ने बताएको छ ।सोमबार बिहान म्यानमारको सेनाले नेसनल लिग फर टेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टसहितका नेताहरुलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको बिषयमाथि आफ्नो प्रतिक्रिया दिँदै नेपाली कांग्रेसले विश्वव्यापी रूपमा साझा ऐक्यबद्धताका साथ निन्दा गर्नुपर्ने बताएको […]

म्यानमारमा लोकतन्त्र बहाली गर्न राजमोको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाले म्यानमारमा लोकतन्त्र बहाली गर्न माग गरेको छ । त्यहाँको सेनाले सत्ता हातमा लिएको घटनाको विरोध गर्दै राजमोले लोकतन्त्रको पुनर्स्थापना तथा गिरफ्तार राजनीतिक नेता तथा कार्यकर्ताहरुको रिहाइको माग गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले प्रेसित गर्नुभएको वक्तव्यमा सैनिक शासनप्रति भर्त्सना गर्नुभएको छ । वक्तव्यमा भनिएको छ, ‘म्यानमारमा जननिर्वाचित सरकारलाई त्यहाँको सेनाले अपदस्त गरी सत्ता आफ्नो हातमा लिएको घटनाको राष्ट्रिय जनमोर्चाले विरोध र भत्र्सना गर्दछ । त्यो घटनाले त्यहाँका जनताको अधिकार र राजनीतिक स्वतन्त्रता खोसिएको छ । लोकतन्त्र कुण्ठित भएको छ । प्रजातन्त्रवादी नेतृ आङ सान सुचीसहित कैयन नेता र राजनीतिक कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको छ । हामीले त्यहाँको जननिर्वाचित सरकारको पुनर्वहाली, जनताको प्रजातान्त्रिक अधिकारहरु सहित लोकतन्त्रको पुनस्र्थापना तथा गिरफ्तार राजनीतिक नेता तथा कार्यकर्ताहरुको रिहाइको माग गर्दछौं ।’