एनएमबि बैंकको ‘लैंगिक समता तथा सामाजिक समावेशीकरण’ योजना

काठमाडौं। एनएमबि बैंकले ‘लैंगिक समता तथा सामाजिक समावेशीकरण’ योजना सार्वजनिक गरेको छ । बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवद्र्घन गर्दै यो योजना सार्वजनिक गरेको हो । यस नीतिले समाजमा विविधता प्रवद्र्घन, सीमान्तकृत समुदायलाई सशक्तीकरण र समुदायमा लैंगिक समानतालाई प्रोेत्साहन गरेको बताइएको छ । योजनाले समग्र बैंकिङ प्रणाली लगायत आफ्ना कर्मचारी, ग्राहक र समुदायका विभिन्न आवश्यकता पूरा गर्दै पहुँचयोग्य, समावेशी र उत्तरदायी बैंकिङ वातावरण सृजना गर्न मद्दत पुुर्‍याउने बैंकको अपेक्षा छ । यो योजना कार्यान्वयन गर्दै विभिन्न शाखामा अपांगता भएका ग्राहकलाई ह्विलचेयर र्‍याम्प स्थापना गरेको बैंकले जानकारी दिएको छ । महिला नेतृत्व विकास गर्न देशभर महिला नेतृत्व कार्यक्रम, महिला उद्यमीलाई प्रोत्साहन गर्न विशेष सुविधासहितको आकर्षक कर्जा उपलब्ध गराउँदै आएको बताइएको छ । बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबि बचत खाता, पाथीभरा बचत खाता लगायत प्रदेश केन्द्रित बचत खाता ल्याएको जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

एनएमबी बैंकद्वारा जीईएसआई योजनाको घोषणा

एनएमबी बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवर्द्धन गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण (जीईएसआई) योजना सार्वजनिक गरेको छ ।

आलु र प्याजमा आत्मनिर्भर हुने, खाना फ्याँक्न नपाउने

९ असार, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सर्वसम्मतरुपमा पारित गरेको छ । दोस्रो नगर सभाको तेस्रो अधिवेशनमा नगर प्रमुख रामकृष्ण खाँणले कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक समावेशीकरण र पूर्वाधारलाई प्राथमिकता दिएको बजेट सार्वजनिक गरेका छन् । तिलोत्तमाले आलु र प्याजमा आत्मनिर्भर हुने, प्रमुख बालीमा देखापर्ने रोगको शीघ्र निदानको लागि […]

नयाँ बानेश्वरमा सामाजिक समावेशीकरण दर्शाउने भित्ते चित्र (फोटो)

काठमाडौं : नयाँ बानेश्वरस्थित यातायात व्‍यवस्था विभाग अगाडिको पर्खालमा सामाजिक समावेशीकरण झल्काउने भित्ते चित्रकला परियोजना सुरु भएको छ। नेपालस्थित अमेरिकन दूतावास, काठमाडौं महानगरपालिका लगायतका संस्थाहरुको समन्वयमा ५ जना चित्रकारले चित्रकला तयार पारिरहेका हुन्।देशभरका चित्रकार मध्यबाट आर्ट टुडे फाउन्डेसनले खुला प्रतिस्पर्धामार्फत ५ जना छनोट गरी भित्ते चित्रकला तयार पार्न जिम्मेवारी दिएको हो।चित्रकारहरूमा सिन्धुलीबाट खेमबहादुर पाल्पाली, भक्तपुरबाट सुदीप बल, सर्लाहीबाट मनीषा शाह, लल

संघीय संरचनाबारे अनावश्यक टिप्पणी नगरौँ : वागमती प्रदेशसभा सभामुख

३१ जेठ, काठमाडौं । वागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले नेपालको संघीय संरचनाबारे अनावश्यक टिप्पणी नगर्न विज्ञहरुलाई आग्रह गरेका छन् । मंगलवार बागमती प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण समितिले आयोजना गरेको लैङ्गिक तथा सामाजिक समावेशीकरण विषयक कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले यस्तो आग्रह गरेका हुन् । उनले संघीय संरचनाका बारे कसैले पनि विस्तृत र गहन […]

बनेपामा लैगिंक समानता तथा सामाजिक समावेशीकरण परीक्षण

मोतीराम तिमल्सिना, काभ्रे ।  स्थानीय तहहरुमा लैगिंक समानता तथा सामाजिक समावेशीकरणको अवस्थाका बारेमा पहिलो पटक बनेपा नगरपालिकामा परीक्षण गरिएको छ । नगरपालिकाले वडा अध्यक्ष, कार्यपालिका सदस्यहरू तथा शाखा प्रमुखहरुहरुलाई लैगिक समानता तथा सामाजिक समावेशीकरण तालिम दिदै स्वमूल्याङ्कन गराएको छ । स्वमूल्याङ्कनमा नगरपालिकाले ६८ प्रतिशत प्राप्त गरेको छ । लैगिक समानता तथा सामाजिक समावेशीकरणका लागि नीति, […]

लैंङ्गिक समानता तथा समावेशीकरणमा नयाँ पहलको आवश्यकता

काठमाडौं, कात्तिक १४ । लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण संवेदनशीलता सम्बन्धी तीन दिने कार्यशाला आइतबारदेखि काठमाडौंमा शुरु भएको छ । मर्यादा मिडियाको आयोजना गरेको कार्यशालामा महिला समानता, प्रतिनिधित्व र प्रगतिलाई केन्द्रमा राखेर विविधताको प्रवर्द्धन गर्नु पर्ने मा सहभागिहरूले जोड दिएका छन् । साथै हिमाल, पहाड र तराई सबै क्षेत्रका दलित महिलाका विशिष्ट समस्यालाई सम्बोधन गर्न […]

कर्मचारीलाई लैंगिक हिंसाविरुद्ध सपथ खुवाउन स्वास्थ्य मन्त्रालयको परिपत्र

४ असोज, काठमाडौं । लैंगिक हिंसा निवारणमा प्रतिबद्धता गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखाले परिपत्र गरेको छ । शाखा अधिकृत इन्दिरा आचार्यले मन्त्रालय र मन्त्रालय मातहतका सबै विभागहरु, सबै केन्द्रहरु र सबै संघीय अस्पतालहरुलाई परिपत्र गर्दै कर्मचारीलाई लैंगिक हिंसाविरुद्ध सपथ खुवाउन अनुरोध गरेकी हुन् । शाखाले सपथ पत्र नै […]

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीतिको व्यवहारिक प्रयोग

स्याङ्जाको वालिङ नगरपालिकाले लैङ्गिक समानता, अपाङ्गता, सामाजिक समावेशीकरण सम्बन्धी नीतिको व्यवहारिक प्रयोग गर्न सुरु गरेको छ ।