घरजग्गा धितो राखेर पाइने ऋणको सीमा बढ्यो, अब कति पाइन्छ ?

काठमाडौं । घरजग्गा बैङ्कमा राखेर लिने कर्जा वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार एकीकृत निर्देशन जारी गर्दै जग्गाको मूल्याङ्कनमा पाइने कर्जाको अनुपात वृद्धि गरेको हो । रियल स्टेट कर्जा लोन टु भ्यालु रेसियो ४० प्रतिशतबाट वृद्धि गरेर ५० प्रतिशत पुर्‍याइएको छ । यसभन्दा पहिले जग्गाको मूल्याङ्कनको ४० प्रतिशत मात्र कर्जा पाइने गरेको थियो […]