भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले समयमा मर्मत नगरिएका गाडी गुडाउँदा दुर्घटना बढेको भन्दै सरोकारवालाहरूलाई सचेत गराएकी छन् । शनिवार नेपाल रिकन्डिसन अटो व्यवसायी संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री यादवले गाडी चलाउन नहुने अवस्थामा पनि गाडी गुडाउने गरेको कारणले दुर्घटना हुने गरेको बताइन् ।सडकमा गुड्ने गाडीको समयमा मर्मतसम्भार गर्ने हो भने दुर्घटना धेरै घट्ने मन्त्री यादवको भनाइ थियो । रिकन्डिसन अटो व्यवसायीले सही अवस्थाको गाडी विक्री, वितरण गर्न र सञ्चालन गर्न