पहुँचविना हवाइ टिकट नपाइने हुँदा हुम्ला जान र आउन सर्वसाधारणले कष्ट भोग्दै आएका छन् । यातायातका अन्य साधनको सहज पहुँच हुम्लामा नभएकाले एउटा टिकटका लागि समेत शक्ति केन्द्र धाउन सर्वसाधारण बाध्य छन् । त्यसमाथि पनि यहाँ निजी जहाजमात्रै सञ्चालन हुने गरेको छ । हाल हुम्लामा तारा र समिटले मात्र उडान गरिरहेका छन् ।सिमित सिटका कारण हवाइयात्रा गर्न हरेक पटक पावर लगाउनुपर्ने बाध्यता रहेको हुम्लाका सञ्चारकर्मी नरजन तामाङले बताए । हुम्ला सडक सञ्जालले नछोएको जिल्ला हो । सुर्खेतबाट हुम्ला जान १० हजार, हुम्लाबा