बैतडी : बागमती प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ।प्रतियोगिताबाट बाहिरिसकेको बागमतीले अन्तिम खेलमा कर्णाली प्रदेशमाथि ७९ रनको विजय हासिल गर्दै सान्त्वना जित दर्ता गरेको हो। बागमतीले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको कर्णाली ५१ रनमा अलआउट भयो। उसका लागि लक्ष्मी रिमालले सर्वाधिक १४ रन बनाइन्। अरू खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन्।बलिङमा बागमतीका लागि विपिशा शाही र आरति बिडारीले तीन/तीन विकेट लिए।त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिले