लोक सेवा आयोगले न्याय सेवा तर्फको शाखा अधिकृत पदको नतिजा सार्वजनिक गरेको छ । समावेशी प्रावधानअनुसार शाखा अधिकृतका लागि दरखास्त आह्वान भएकोमा लिखित परीक्षा, अन्तर्वार्ता, सामूहिक परीक्षण, सूचना प्रविधि सीप परीक्षणलगायतको प्राप्तांकको आधारमा अन्तिम नतिजा सार्वजनिक गरिएको आयोगले बुधबार जनाएको छ ।
सफल उम्मेदवारलाई स्थायी नियुक्तिका लागि सरकारी वकिल समूहका उम्मेदवारलाई प्रधानमन्त्री कार्यालय र न्याय र कानुन समूहका उम्मेदवारलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सिफारिस गर्नेगरी निर्णय भएको आयोगको सूचनामा उल्लेख छ ।