काठमाण्डाै - तराईका जिल्लामा केही दिनयता बाक्लो हुस्सु, कुहिरो लागेको छ । यसले गर्दा चिसो बढेको छ ।
केही दिनदेखिको बाक्लो हुस्सु, कुहिरोका कारण विशेषगरी पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ ।
न्यूनतम तापक्रम खासै नघटे पनि अधिकतम तापक्रम लगातार घट्दो छ । नेपालगञ्ज, धनगढीलगायतका क्षेत्रमा अधिकतम तापक्रम घटिरहेको छ ।
नेपालगञ्जकाे अधिकतम तापक्रम १३ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । यस्तै धनगढीको अधिकतम तापक्रम पनि १४ दशमलव ५ डिग्री सेल्सियसले घटेको छ । आज पनि घाम लाग्ने सम्भावना नरहेकाले अझै अधिकत...