रमेश क्षेत्री, पोखरा/हाल सिसेल्स
विभिन्न देशहरूमा पछिल्लो समय कोरोना सङ्क्रमण दर पुनः बढेको छ ।
कोरोना सङ्क्रमित बढ्दा हामी परदेशीको मुटुको धड्कन पनि बढ्न थालेको छ । मन यही डर छ कि पहिलेजस्तै अवस्था आउने त होइन ?
गएको वर्ष के मात्र भोग्न परेन । पहिलो लहरबाट बचेर आफ्नो देश फर्कँदा भोगको पीडाहरू अहिले पनि दिमागमा ताजै छ । त्यो क्षण सम्झँदा अहिले पनि मुटु दुख्छ ।
बिदा सकिएर कर्म देश फर्कने बेला ठिक्क नेपालमा दोस्रो पटक लकडाउनको तयारी थियो । सरकारले निर्णय गरिसकेको थियो । मैले देश छाडेको भोलिपल्टदेखि लकडाउन हुँदै...