मन्त्रिपरिषद्को बैठकले दुई सचिवको पदस्थापन गरेको छ । सचिवद्वय भरतमणि सुवेदी र कृष्णहरी पुष्करलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट पदस्थापन गरिएको हो ।
लुम्बिनी प्रदेशका प्रमुख सचिव सुवेदीलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा तानेकोमा अहिले प्रधानमन्त्री कार्यालयमा नै पदस्थापन गरिएको हो ।
यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयको अतिरिक्त समूहमा रहेका कृष्णहरि पुष्करलाई राजश्व सचिवमा पदस्थापन गरिएको एक मन्त्रीले जानकारी दिए । उनी केही अघि सचिवमा बढुवा भएका थिए ।
यस्तै अर्का स...