नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा ठाउँ र आवश्यकताअनुसार तालमेल हुने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले वडा र पालिकाका विषयमा राष्ट्रिय राजनीतिमा भर नपर्ने बताए । ‘ठाउँ र आवश्यकताअनुसार तालमेल हुन्छ’, उनले भने, ‘तालमेलका क्रममा राष्ट्रिय आवश्यकता के हो भन्ने विषयमा ध्यान दिइन्छ ।’ वरिष्ठ नेता पौडेलले सबै परिस्थितिको मूल्याङ्कन गरेर पठाउन, जिल्ला, प्रदेश, क्षेत्र र पालिकालाई भनिएको छ भन्दै केन्द्रको सबै निर्णय लाद्ने