आफू हटे रेल नचल्ने भनेर सरकारलाई 'च्यालेन्ज' दिएका गुरु भट्टराईले दिए राजीनामा

काठमाडौं : नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराइले राजीनामा दिएका छन्। बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उनले राजीनामा पत्र बुझाएका हुन्। सरकारले भट्टराईलाई साउन १९ गते स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम आइतबार उनलाई तीन दिनभित्र जवाफ पेश गर्ने गरी मन्त्रालयले लिखित स्पष्टीकरणमा मागेको थियो।  भट्टराईले सोमवार पत्रकार सम्मेलन गर्दै लिखित…