काठमाडौँ। आज देशभर कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर एक लाख १३ हजार पुग्दा देशभर १,०५,४४४ जना होम आइसोलेसनमा रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअनुसार सबैभन्दा बढी ४०,९८७ जना बागमतीमा र त्यसपछि १९,७३० जना लुम्बिनी प्रदेशमा छन्। त्यस्तै, प्रदेश १ मा १३,४९४, प्रदेश २ मा ७,६९६, गण्डकी प्रदेशमा १०,६३४, कर्णाली प्रदेशमा ५,००८ र सुदूरपश्चिममा ७,८९५ जना होम आइसोलेसनमा रहेका छन्।