नेपालको आफ्नै स्याटेलाइट राख्ने प्रक्रिया रद्द, अब फेरि नयाँ प्रक्रिया सुरु हुने

काठमाण्डाै – नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले आज शुक्रवार एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको हो । स्याटेलाइट राख्न माग गरिएका कम्पनीमध्ये छनोटमा परेका कुनै पनि कम्पनीले ‘रेस्पोन्स्’ नगरेपछि खारेज भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक खरिद ऐन २०६३ अनुसार सबै प्रस्ताव र खरिद प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले गएकाे मङ्सिरमा पुरानो प्रस्ताव रद्द ग...