देउवाका विशेष दूत आज भारत जाँदै

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल आज भारत भ्रमणमा जाँदैछ। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी र सरकारसँग सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल नयाँदिल्ली जान लागेको हो। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँगको सम्बन्ध सुधारका लागि उनीहरुलाई भारत पठाउन लागेका हुन्। प्रतिनिधिमण्डलमा महतसहित नेताहरू उदय शमशेर जबरा र अजय चौरसिया छन्। उनीहर