प्रहरीले बैंक तथा बित्तिय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा १ चिनियाँसहित ३७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाण्डौबाट खटिएको बिशेष टोली र प्रहरी बृत्त, नयाँ बानेश्वरको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा १ जना चिनियाँ पुरुष, २३ जना नेपाली पुरुष र १३ जना नेपाली महिला रहेका छन् । पुरानो बानेश्वर स्थित एक घर भाडामा लिई सिन्धुली घर भई हाल ललितपुर महालक्ष्मी न.पा. ७ बस्ने दीपक श्रेष्ठको नाममा Lemon Group of Company दर्ता गरी चिनियाँ नागरिक CHANG HUI BAO द्वारा बिभिन्न एप्लिकेशनहरु: Easy Credit, Free Cash, handy Loan, Go Loan, Rupee Star, High Cash मार्फत गैर कानूनी तवरले Loan Scam गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुसँगबाट ४ थान ल्यापटप र २ थान मोबाइल बरामद गरेको छ। उनीहरुले यी ल्यापटप र मोबाइल Easy Credit, Free Cash, handy Loan, Go Loan, Rupee Star, High Cash जस्ता एप मार्फत Loan Scam गर्न प्रयोग गरेको प्रहरीले जनाएको छ । उक्त घटनाका सम्बन्धमा बैंक तथा बित्तिय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई प्रहरी बृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।