सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको तीब्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने बताएकी छन्। शनिबार मध्यपहाडी लोकमार्गको कोशी खण्डअन्तर्गत धनकुटाको हिले एक्सचेन्ज सेन्टरमा सूचना महामार्ग अप्टिकल फाइबर नेटवर्कको उद्घाटन गर्दै मन्त्री शर्माले देश विकासका लागि डिजिटलाइजेसन आवश्यक रहेको र डिजिटलाइजेसनका लागि डिजिटल पूर्वाधारको विकास अनिवार्य रहेको बताइन् ।