मतदान स्थगित भएका केन्द्रमा दुई दिन भित्र फेरि मतदान

काठमाडौं – आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा कतिपय मतदान स्थगित भएका क्षेत्रमा दुई दिनभित्र फेरि चुनाव हुने भएको छ। स्थगित वा मतदान केन्द्रमा दुई दिनभित्र पुनः मतदान गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको निर्वाचन आयोगले बताएको छ। आयोगले सुर्खेत, नवलपरासी, गुल्मी र बाजुराका विभिन्न १५ स्थानमा मतदान स्थगित भएको […]

सम्बन्धित सामग्री

स्थगित भएका १५ ठाउँमा दुई दिनभित्र पुनः मतदानको व्यवस्था मिलाउन निर्देशन

काठमाडौं । निर्वाचन आयोगले स्थगित भएका ठाउँमा दुई दिनभित्र पुनः मतदानको व्यवस्था मिलाउन निर्देशन दिएको छ । १५ स्थानमा मतदान स्थगित भएकोमा आयोगले आवश्यक तयारी गरेर दुई दिन भित्रमा पुनः मतदान गर्ने निर्णय गरिसक्न उपयुक्त व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पत्रकार सम्मेलनमा जानकारी गराए । मुलुकभरका १५ वटा […]

बुढीगंगा नगरपालिकाको निर्वाचन असार पहिलो साताभित्र

काठमाडौं : बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय निर्वाचनको विवादले अझै पार पाएको छैन। गत वैशाख ३० गते मतदानका दिन राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको थियो।निर्वाचन आयोगले स्थगित निर्वाचन प्रक्रिया अघि बढाउन गत जेठ १२ गते नै निर्देशन दिए पनि अहिलेसम्म टुङ्गो लागेको छैन। आयोगको निर्देशनअनुसार बाजुराका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरु फेरिइसकेका छन्।पटक पटक बैठक बसे पनि दलका विवादका कारण निर्वाचन प्रक्रियाको टुङ्गो नलागेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घ

मतपेटिका लुटेरा पक्राउ

मतपेटिका लुटेरा पक्राउ रौतहटको मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका वडा नम्बर २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका दिन यमुनामाई गाउँपालिका वडा नम्बर २ स्थित श्री मावि भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रबाट मतपेटिका लुटपाट भएको थियो । एक समूहे मतदान स्थगित भएको अवस्थामा मतदान केन्द्रभित्र प्रवेश गरी सुरक्षाकर्मीको पहुँचमा रहेको मतपेटीका लुटेर फरार भए

२०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल समाप्त

काठमाडौं । नयाँ जनप्रतिनिधिका लागि गत वैशाख ३० मा भएको निर्वाचनअन्तर्गत करीब २० प्रतिशत स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी रहे पनि २०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल बिहीवारदेखि सकिएको छ । देशभरका ७५३ पालिकाका ३५ हजार २२१ पदका लागि भएको निर्वाचनमा तुलनात्मक रूपमा बढी मतदाता रहेका महानगरपालिका र उपमहानगरपालिकाको मतगणना सकिन अझै केही दिन लाग्ने देखिएको छ । संविधानतः जनप्रतिनिधिमूलक स्थानीय तहमा पद रिक्तता हुन नहुने र पद रिक्त हुँदा सेवाग्राहीको काम प्रभावित भएमा के गर्ने भन्ने अन्योल देखिएको छ । यद्यपि जेठ ५ गतेअगावै निर्वाचन भइसकेकाले कानूनी रूपमा खास समस्या नपर्ने र व्यावहारिक पक्षमा नेपाल सरकारले आवश्यक सहजीकरण गर्ने निर्वाचन आयोगले बताएको छ । नेपालको संविधानको धारा २१४ अनुसार स्थानीय तहको कार्यकारिणी अधिकार गाउँ र नगर कार्यपालिकामा निहित छ । संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल पाँच वर्षको हुने उल्लेख छ । नेपालको संविधानको धारा २१५ उपधारा (४) मा गाउँसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले पन्ध्र दिनभित्र गाउँसभाका सदस्यले आफूमध्येबाट निर्वाचित गरेका चार महिला सदस्य र उपधारा (५) बमोजिमको योग्यता भएका दलित वा अल्पसंख्यक समुदायबाट गाउँसभाले निर्वाचित गरेका दुईजना सदस्य हुने व्यवस्था छ । यस्तै धारा २१६ को उपधारा (४) बमोजिम नगरसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको १५ दिनभित्र नगरसभाका सदस्यले आफूमध्येबाट निर्वाचित गरेका पाँच महिला सदस्य र उपधारा (५) बमोजिमको योग्यता भएका दलित वा अल्पसंख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका तीन सदस्यसमेत नगर कार्यपालिकाको सदस्य हुने व्यवस्था छ । त्यसैगरी निर्वाचित जनप्रतिनिधिमध्ये गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको प्रमुख र जिल्ला समन्वय समितिको प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअगावै निर्वाचित भएको सात दिनभित्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको ढाँचामा सम्बन्धित जिल्ला न्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने तथा गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपप्रमुख, वडाअध्यक्ष, गाउँ तथा नगरसभाका सदस्य, जिल्ला समन्वय समितिका उपप्रमुख र सदस्यले अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिनभित्र तोकिएको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । जेठ ५ गतेलाई स्थानीय तहका जनप्रतिनिधिको पदमा बहाल रहने अन्तिम मिति मानेर सो मितिसम्ममा वैशाख ३० मा सम्पन्न भएको मतदानको गणना कार्य सक्नेगरी आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई यसअघि नै आवश्यक निर्देशन प्रदान गरेको थियो । तर विभिन्न कारणले बिहीवारसम्ममा स्थानीय तहमा मतगणना सम्पन्न हुन सकेको छैन । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बढीभन्दा बढी मतगणना टोली परिचालन गरी यथाशक्य मतगणना सम्पन्न गर्न निर्देशन दिइएको बताए । साथै गत वैशाख ३० गते मतदान स्थगित भई पुनः मतदान भएका मतदान केन्द्रको हकमा मतपेटिका प्राप्त भएको बढीमा चार दिनभित्र मतगणना कार्य सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको उनको भनाइ छ । स्थानीय तहको निर्वाचन अन्तर्गत बिहीवार साँझसम्ममा ८० प्रतिशत तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । आयोगले अबको पाँच दिनभित्र बाँकी पालिकाको गणना सकिने विश्वास लिएको छ । वैशाख ३० गते देशभरका ७५३ पालिकामध्ये दाङको तुल्सीपुर उपमहानगरपालिका–१७ र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका बाहेक देशभरका सम्पूर्ण मतदान केन्द्रमा मतदान सञ्चालन भएको थियो । मतदानका क्रममा राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले विवाद उत्पन्न भई विभिन्न मतदान केन्द्रमा मतदान स्थगित हुन पुगेकामध्ये अधिकांशमा पुनः मतदान भइसकेको छ । अछामको साँफेबगरमा जेठ ६ गते पुनः मतदान हुने कार्यक्रम छ भने उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बाजुराको बूढीगंगा नगरपालिकाको सम्बन्धमा आयोगबाट निर्णय हुन बाँकी छ । आयोगले निर्वाचन प्रक्रियामा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका, २०७८ र स्थानीय तह निर्वाचन (मतगणना) निर्देशिका, २०७८ को व्यवस्थाको प्रतिकूल हुने गरी कार्य गर्ने कर्मचारीको विवरण पठाउन मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । रासस

कांग्रेस प्रदेश २ अधिवेशनमा उत्साहित मतदाता, फकाउँदै सभापतिका उम्मेदवार

जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश २ का नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भइसहेको छ । मतदान ढिलो गरेर साढे ९ बजेपछि मात्र सुरु भएको हो । निर्वाचनमा मतदान गर्न मतदाताहरु उत्साहित देखिएका छन् । बुधबार निर्वाचन हुने भनिएपनि ढिलो भएपछि भएको विवादका कारण सो दिन मतदान स्थगित गरिएको थियो । निर्वाचनका लागि मतदाताहरु बिहानै देखि […]