दुर्गाप्रसादकी आमालाई लाग्थ्यो, छोराले 'जेल' भन्ने ठाउँमा काम गर्दै कमाइरहेको छ

इलाम – इलामको माई नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिना (दीपक) जन्मघर आइपुग्दा परिवारमा खुसी छाएको छ । विना सुनुवाइ ४० वर्षसम्म जेलमा कैदी जीवन बिताउनुभएका उहाँसँग आइतबार पारिवारिक मिलन हुँदा सबैमा खुसी छाएको हो ।  विश्व सेवा विस्तार संस्था काँकडभिट्टाबाट १२ः३० बढे हिँड्नुभएका उहाँले झण्डै ३ः१० मा जन्मघरको आँगन टेक्नुभएको थियो । ‘दमदम सेन्ट्रल करेक्सनल होम’ मा जेलको कष्टकर बसाइबाट छुटकारा पाउनुभएका उहाँले आफ्नी आमासँग भेटघाट गर्नुभयो तर मौन बस्नुभयो ।  ‘आउनुहुन्छ भन्ने लाग...