काठमाडौँ महानगरपालिका-९ शम्भुमार्गमा रहेको झर्ना गेष्ट हाउसमा युवा र युवती मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार बाजुराको त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की अन्दाजी २० वर्षीया करिष्मा सार्कीसहित साउन १५ गतेदेखि सो गेष्ट हाउसको कोठा नं. ४०२ मा बस्दै आएका थिए ।