काठमाडौं । काठमाडौं महानगरपालिका, यातायात व्यवसायी महासंघ र तीनवटा यातायात मजदुर संगठनहरुबीच काठमाडौं चक्रपथ आसपासका टिकट काउन्टरहरु व्यवस्थान गर्नेबारे सहमति भएको छ । साउन १ गतेदेखि बसपार्क बाहेकका टिकट काउन्टर हटाइने भन्दै महानगरले कोटेश्वर, कलंकी, गौशाला लगायतका चोकहरुमा माइकिङ्ग गरेर महानगर प्रहरी काउन्टरमा पुगेपछि महानगर प्रहरी र यातायात मजदुरहरुबीच विवाद भएको थियो । विवाद बढ्ने […]