राष्ट्रपति विद्यादेवी भण्डारीले चार अध्यादेश जारी गरेकी छिन्। बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन अध्यादेश), राष्ट्रिय सभा निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र संघीय संसदका महासचिव र सचिवको पारिश्रमिक सम्बन्धी अध्यादेश जारी भएको हो। बेपत्ता छानबिन र सत्य निरुपणसँगै चिकित्सा र राष्ट्रियसभा अध्यादेश प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा समेत जारी…