काठमाडौं : नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच झन्डै १६ महिनापछि पार्टी एकताको विषयले पछिल्लो समय चर्चा पाइरहेको छ।पाँच दलीय विभाजन भएर नयाँ सात दलीय सत्ता गठबन्धन निर्माण भएसँगै राजनीतिक समीकरण नै बदलिएको छ। यी दुई दल विभाजनको १६ महिनापछि एक हुन लागेको विषयले राजनीतिक वृत्त तातिएको छ। तर, बाहिर हल्ला भएजस्तो दुई पार्टीबीच एकताको विषयले प्रवेश नै पाएको छैन। एमाले र एकीकृत समाजवादी पार्टीका तेस्रो तहका नेताहरूले एकताका लागि पहल जारी राखे पनि पहिलो र दोस्रो तहमा नेताहरूबीच