बलात्कार आरोपित मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौँ लैजाने तयारी

काठमाडौँ- एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने भएको छ। स्रोतका अनुसार अनुसन्धानका लागि आज सोमबार म्याद लिने तयारी भइरहेको हो। पक्राउ परेपछि २४ घण्टाभित्र अदालतमा हाजिर गराउनुपर्ने कानुनी व्यवस्था भएको भएपनि हिजो आइतबार सार्वजनिक विदा भएको कारण आज उपस्थित गराउन लागिएको हो। एक ब्यूटी […]