काठमाडौं । नयाँ वर्ष २०८१ मा देश तथा विदेशबाट आउने पर्यटकहरुले होटल व्यवसायहरुको राम्रो व्यापार बढाउने संकेत गरेको भन्दै व्यवसायीहरु आशावादी देखिएका छन् । काठमाडौं तथा पोखराजस्ता पयर्टकीय नगरहरुमा एक साता अगाडिदेखि नै नयाँ वर्षको चहलपहल बढेको देखिएसँगै व्यवसायीहरु आशावादी भएका हुन् । विगतमा वर्षहरुका तुलनामा यस नयाँ वर्षमा स्वदेशी पर्यटकहरुको संख्यामा भने केही गिरावट […]
चितवन । नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेको छ । कोरोना संक्रमणको जोखिमका कारण सुस्ताएको यहाँको पर्यटन क्षेत्र अहिले पूर्ववत् अवस्थामा फर्कने संकेत देखिएको छ । सौराहामा लामो समयपछि विशेषगरी यूरोपेली पर्यटक आउन शुरू गरेका छन् ।
‘भारतीय पर्यटकको बुकिङ पनि राम्रो छ,’ क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले भने, ‘विगतका वर्षमा यो बेला ९० प्रतिशतसम्म होटलका कोठा बुकिङ हुने गरेको थियो । यस वर्ष १५ प्रतिशत हाराहारी कोठा भरिन थालेका छन् । विदेशी पर्यटक आउन थालेका छन् । त्यो नै खुशीको कुरा हो ।’ कोरोना संक्रमणको दर घट्दै गएपछि गोष्ठी, सभा, सम्मेलनजस्ता कार्यक्रमका लागि होटल बुकिङ हुन थालेको उनको भनाइ छ । जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेका अनुसार जर्मनी, हल्याण्ड, इजरायललगायत देशका पर्यटक आउन थालेका हुन् । ट्रेकिङका लागि नेपाल आएका उनीहरू सौराहा घुम्न आएको उनको भनाइ छ । सोधपुछ निकै बढेकाले आउने अक्टोबरदेखि पर्यटकीय क्षेत्र पुरानै अवस्थामा फर्कने अनुमान उनको छ ।
‘धेरै समयपछि छिटफुट रूपमा विदेशी पर्यटक देखिएका छन्। हिजोआज समूहमै पनि आउने गरेका छन्,’ उनले भने । क्षेत्रीय होटल संघ चितवनका निवर्तमान अध्यक्ष समेत रहेका घिमिरेले सन् २०२३ सम्ममा नेपालमा बाह्य पर्यटकको आगमन निकै सुधार हुने अनुमान गरे । चितवन राष्ट्रिय निकुञ्जसहित सामुदायिक वनमा हात्ती चढ्न विदेशी पर्यटक जान थालेका छन् । हात्ती व्यवस्थापन गर्दै आएका युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले विशेषगरी एशियाली पर्यटक हात्ती चढ्न आउन थालेको बताए । सो सहकारीअन्तर्गत ३१ ओटा हात्ती छन् । तीमध्ये २० देखि २५ ओटाले दैनिक काम पाउन थालेका छन् ।
नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आउन थालेको उनको भनाइ छ । यस्तै बाघमारा मध्यवर्ती सामुदायिक वनमा पर्यटकका लागि मचानमा बस्ने सुविधासँगै हात्ती र ढुंगा सफारीको व्यवस्था छ । समितिका अध्यक्ष जितबहादुर तामाङले विदेशी पर्यटक आउन थालेको बताए ।
होटल जंगल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीले शुक्रवार र शनिवारका लागि कार्यक्रम लिन नसकेको बताए । धेरै कार्यक्रम जुधेकाले व्यवस्थापनमा कठिन भएको उनको भनाइ छ । कोभिडका कारण रोकिएका कार्यक्रम हुन थालेको बताइएको छ । सौराहामा मुख्यरूपमा पर्यटक घुम्न आउने गर्दछन् । यसका अतिरिक्त ठूला सभा सम्मेलनसँगै विवाहका लागि पनि यहाँ आउने गर्दछन् । कम मूल्यदेखि महँगा कोठा आफ्नो क्षमता अनुसार लिन सकिने भएकाले सौराहा सबैको रोजाइ हुने गरेको छ ।
चितवन देशको मध्यभागमा पर्ने भएकाले पनि यहाँ ठूला संघसंस्थाले तालिम, सभा, सम्मेलन गर्दछन् । मुख्यरूपमा भारतीयहरू विवाहका लागि यहाँ आउने गर्दछन् । ती प्रयोजनका लागि आउनेहरू पर्यटकीय गतिविधिमा समेत रमाउन पाउने हुँदा सौराहा रोजाइ हुने गरेको होटल व्यवसायी माधव दुवाडीले बताए ।
सौराहामा १२० होटल छन् । ती होटलमा पाँच हजार पाँच सयसम्म पर्यटक राख्न सक्ने क्षमता छ । पछिल्ला वर्षमा होटलमा ठूलो लगानी भएको व्यवसायी बताउँछन् । रासस
फागुन ११, चितवन । नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेपछि व्यवसायी उत्साहित भएका छन् ।
कोरोना भाइरस संक्रमण जोखिमका कारण सुस्ताएको यहाँको पर्यटन क्षेत्र अहिले पूर्ववत् अवस्थामा फर्कने अनुमान गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यून हुँदै गएपछि गोष्ठी, सभा, सम्मेलनजस्ता कार्यक्रमले समेत यहाँका ठूला होटल भरिन थालेका छन् । लामो समयपछि युरोपियन पर्यटक आउन शुरु गरेका हुन् ।
‘भारतीय पर्यटकको बुकिङ पनि राम्रो छ’, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले भने, ‘विगतका वर्षमा यो बेला ९० प्रतिशतसम्म होटलका कोठा बुकिङ हुने गरेको थियो । यस वर्ष १५ प्रतिशत हाराहारी कोठा भरिन थालेका छन् ।’
सभा, सम्मेलनका ठूला होटल बुकिङ हुन थालेको उनको भनाइ छ । ‘यतिबेला यहाँको होटलमा विदेशी पर्यटक ८० प्रतिशत हुने गर्दथ्यो । तीमध्ये चिनियाँ पर्यटक मात्रै ५० प्रतिशत हुने गर्दथे’, उनले भने, ‘अहिले विदेशी पर्यटक आउन थालेका छन् । त्यो नै खुसीको कुरा हो ।’ पर्यटकको सोधपुछ निकै बढेको भट्टराईको भनाइ छ ।
जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेका अनुसार जर्मन, हल्याण्ड, इजरायललगायत देशका पर्यटक आउन थालेका हुन् । ट्रेकिङका लागि नेपाल आएका उनीहरु सौराहा घुम्न आएको उनको भनाइ छ । सोधपुछ निकै बढेकाले आउने अक्टोबरबाट पर्यटकीय क्षेत्र पूर्ववत् अवस्थामा फर्कने घिमिरेको अनुमान छ ।
‘धेरै समयपछि छिटफुट रुपमा विदेशी पर्यटक देखिएका छन् । हिजोआज कहिलेकाही समूहमै आउने गरेका छन्’, उनले भने, ‘कोरोना भाइरस संक्रमण जोखिम बढेसँगै सौराहामा न्यून मात्रामा विदेशी पर्यटक आएका छन् ।’ क्षेत्रीय होटल संघ चितवनका निर्वतमान अध्यक्षसमेत रहेका घिमिरेले सन् २०२३ मा नेपालमा पर्यटकको आगमन निकै राम्रो हुने अनुमान रहेको बताए ।
सामुदायिक वनमा हात्ती चढ्न विदेशी पर्यटक जान थालेका छन् । हात्ती व्यवस्थापन गर्दै आएका युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले विदेशी पर्यटक हात्ती चढ्न आउन थालेको बताए । सो सहकारीअन्तर्गत ३१ ओटा हात्ती छन् । तीमध्ये २० देखि २५ ओटाले दैनिक काम पाउन थालेका छन् ।
नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आउन थालेको उनको भनाइ छ । बाघमारा मध्यवर्ती सामुदायिक वनमा पर्यटकका लागि मचानमा बस्ने सुविधासँगै हात्ती र ढुंगा सफारीको व्यवस्था छ ।
समितिका अध्यक्ष जीतबहादुर तामाङले विदेशी पर्यटक आउन थालेको बताए । उनले भने, ‘पर्यटक आउन थालेपछि हामीलाई उत्साह थपिएको छ ।’ व्यवसायी अब पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कने अपेक्षामा रहेको उनको भनाइ छ । सौराहाका कतिपय होटलले स्वदेशीको सभा सम्मेलन राम्रो हुन थालेको बताएका छन् ।
होटल जंगल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीले शुक्रबार र शनिबारका लागि कार्यक्रम लिन नसकेको बताए । धेरै कार्यक्रम जुधेका कारण व्यवस्थापनमा कठिन भएको उनको भनाइ छ । कोभिडका कारण रोकिएका कार्यक्रम हुन थालेको बताइएको छ ।
सौराहामा मुख्य रुपमा पर्यटक घुम्न आउने गर्दछन् । यसका अतिरिक्त ठूला सभा सम्मेलनसँगै विवहाका लागि पनि यहाँ आउने गर्दछन् । कम मूल्यदेखि महँगा कोठा आफ्नो क्षमता अनुसार लिन सकिने भएकाले सौराहा सबैको रोजाइँ हुने गरेको छ ।
देशको मध्यभागमा पर्ने भएकाले पनि यहाँ ठूला संघ संस्थाले तालिम, सभा सम्मेलन गर्ने गर्दछन् । मुख्यरुपमा भारतीय विवाहका लागि यहाँ आउने गर्दछन् । दुईओटा होटलमा दुलाहादुलहीको परिवार राखेर विवाह गर्ने गर्दछन् ।
ती प्रयोजनका लागि आउनेहरु पर्यटकीय गतिविधिमासमेत रमाउन पाउने हुँदा सौराहा रोजाइँ हुने गरेको होटल व्यवसायी माधव दुवाडीले बताए । चितवन राष्ट्रिय निकुञ्जभित्र दुर्लभ वन्यजन्तु हेर्न र यहाँका संस्कृतिमा रमाउन पर्यटक आउने गर्दछन् । सौराहामा १२० होटल छन् । ती होटलमा पाँच हजार पाँच सयसम्म पर्यटक राख्न सक्ने क्षमता रहेको छ । पछिल्ला वर्षमा होटलमा ठूलो लगानी भएको व्यवसायी बताउँछन् । रासस
सन् २०१८ को सुरुवातमै पर्यटक आगमनदर उत्साहजनक रूपमा वृद्धि भएको छ । पर्यटन व्यवसायीहरूका अनुसार चालू वर्षमा बन्द हडतालको संख्यामा आएको कमी तथा नेपालमा राजनीतिक संक्रमणकाल समाप्त भइकाले पर्यटक आगमनदर बढेको हो । पर्यटक आगमन मापन गर्ने मुख्य सूचक होटल बुकिङ नै उत्साहजनक रहेको देखिन्छ । व्यवसायीहरूका अनुसार आगामी सिजनको लागि होटल बुकिङ ९० प्रतिशतभन्दा बढी रहेको व्यवसायीहरूले जनाएका छन् ।