मिसिल बदलेकाे आराेपमा धनुषाका एसपी रानाभाटमाथि अनुसन्धान सुरू

जनकपुरधाम : धनुषामा एक लागुऔषध सम्बन्धी घटनाको मिसिल फेरबदल गरेको आरोपमा जिल्ला प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) प्रकाश रानाभाटमाथि अनुसन्धान सुरू भएको छ।रानाभाटले अवैध लाभ लिई मुद्दाको मिसिल फेरबदल गरेर मुद्दा कमजोर बनाउन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि छानविन थालिएको हो। प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकृतले लागुऔषध घटनामा मिसिल नै परिवर्तन गरेको आरोपमा रानाभाटमाथि अनुसन्धान सुरू भएको बताए।चार महिनाअघि गत फागुन ८ गते धनुषा प्रहरी मातहत रहेको इलाका प्रहरी कार्यालय म

सम्बन्धित सामग्री

यौन दुर्व्यवहारको आरोपपछि तयारी पोशाक उद्योगका सीईओ पक्राउ

भदौ २, विराटनगर । महिला कामदारमाथि दुर्व्यवहार गरेको आरोपमा तयारी पोशाक कम्पनीका मजदूर आन्दोलनमा उत्रिएपछि प्रहरीले छाविनका लागि ट्राइकोट इण्डस्ट्रिज प्रालिका प्रमख कार्यकारी अधिकृत (सीईओ) सञ्जय चाण्डोकलाई पक्राउ गरेको छ ।  पटक–पटक यौन दुर्व्यवहार गरेको भन्दै मजदूरहरू आन्दोलनमा उत्रिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  श्रमिकहरूले मंगलवार सीईओ चाण्डोकले महिला मजदूरहरूलाई यौन दुर्व्यवहार गर्नुको साथै पुरूष श्रमिकहरूलाई कामबाट निकाल्ने धम्कि दिने गरेको भन्दै कारवाहीको माग गरेका थिए ।  इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश राउतसहितको टोलिले नियन्त्रणमा लिएको सीईओलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइ अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।  ‘श्रमिकहरू आन्दोलित भएपछि हामीले उद्योगका सीईओलाई नियन्त्रणमा लिएका छौं,’ एसपी जिसीले भने, ‘अहिले हामीले अनुसन्धान सुरू गरेका छौं । पीडित भएका व्यक्तिहरूलाई पनि हामीले बोलाएका छौं,’ थप विषय अनुसन्धान पछि खुल्ने उनले बताए । ‘सीईओदेखि कति मान्छे पीडित भएका छन् । त्यो पछि खुल्नेछ,’ एसपी जिसीले भने । उद्योगमा कार्यरत श्रमिक महिलाहरुलाई पटक - पटक दुर्व्यवहार गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको धिरज विष्टले बताए । ‘श्रमिकहरूलाई पटक–पटक सीईओले दुर्व्यवहार गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु पर्‍यो,’ उनले भने, ‘सीईओले उद्योगमा काम गर्ने मजदूरलाई अनावश्यक रूपमा दुःख दिएर हैरानी बनाएका छन् ।’ सीईओलाई हटाएर प्रशासनले कारवाही गर्नुपर्ने र उद्योगले श्रम ऐनले तोके अनुसारको सेवा सुविधा लिनुपर्ने माग पनि राखेका छन् । चाण्डोकले उद्योगको एचआर (मानव संशाधन) फाँटकी महिला कर्मचारीमाथि जेठमा दुर्व्यवहार गरेको आरोप छ ।जेठमा मात्रै रोजगारीका लागि उद्योगमा हाजिर भएकी २४ वर्षिय एक महिला कर्मचारीसँग सीईओ चाण्डोकले व्यक्तिगत मामलाका कुराहरु सोधखोज गर्ने, रातीराती फोन गर्ने र काममा चित्त नबुझेको भन्दै दवावमा राख्ने गरेको आरोप पीडित महिलाले गरेकी छिन् । उद्योगी बासुदेवसहित गोल्यान घरानाद्वारा सञ्चालित ट्राइकट इण्डष्ट्रिजका सञ्चालक शक्ति गोल्यान हुन् । अनलाइनबाटै कर्मचारीमा छनौट भएकी महिला गत जेठ ९ गतेदेखि उद्योगमा हाजिर भएर काम गर्दै आएकी थिइन् । तर सीईओले रातीसमेत फोन गरेर टर्चर दिदैं आफूलाई काबुमा राख्न खोजेको पीडित महिलाको गुनासो छ । तयारी कपडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको ट्राइकोट इण्डष्ट्रिजमा ३५० जनाभन्दा बढी मजदूर कार्यरत छन् । त्यसमध्ये १५० को संख्यामा महिला कामदारहरु रहेको बताइएको छ । विगत लामो समयदेखि सञ्चालित उद्योगमा पहिले यस प्रकारको समस्या थिएन तर करीब तीन वर्ष अघि चाण्डोक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा आएपछि महिला मजदूरहरु दुर्व्यवहारमा पर्न थालेको भन्दै श्रमिक महिलाहरुले उनलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् । महिला मजदुरहरुलाई त्यहाँ कार्यरत अन्य मजदूरहरुले पनि साथ दिएका छन् ।

रंगेलीमा घाँटी रेटिएको अवस्थामा युवतीको शव फेला

विराटनगर : मोरङको रंगेली नगरपालिका–३ तिलुवा चोक नजिक नहरमा एक युवतीको शव फेला परेको छ। धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार बिहान रंगेली–३ की २४ वर्षीया अनिता यादवको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काका अनुसार अनिताको शव घरदेखि करिब ढेड किलोमिटर दक्षिणमा फेला परेको हो। पानी नभएको सुक्खा नहरमा हत्या गरेर फ्याकिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।डिएसपी मन्जिल मुकारूङको नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरू ग