कृषि ज्ञान केन्द्र नुवाकोटले चालु आर्थिक वर्ष २०७९/८० मा नुवाकोट र रसुवामा रु १० करोड ६१ लाख बराबरको योजना तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । बागमती प्रदेश सरकारअन्तर्गत रहेको कृषि ज्ञान केन्द्र नुवाकोटको कार्यक्षेत्र दुई जिल्ला भएकाले सोहीअनुसार प्राप्त बजेटको योजना तथा कार्यक्रम दुई जिल्लामै सञ्चालन गर्न लागेको ज्ञान केन्द्र प्रमुख केशव खनालले जानकारी दिए । उनका अनुसार किसान र स्थानीय तहमार्फत माग भएर आएका, पुराना कार्यक्रमका निरन्तरता र प्रदेश सरकारको लक्ष्यअनुरुपका विभिन्न २७ शीर्षकका कार्