काठमाडौं (अस) । नेपाल–बंगलादेश बैंकले २७ औं वार्षिकोत्सव मनाएको छ । ०५१ साल जेठ २३ गतेदेखि बंैकिङ कारोबार सुरु गरेको बैंक विदेशी संयुक्त लगानीमा सञ्चालित
बैंक हो ।
बैंकमा बंगलादेशको आईएफआईसी बैंकको ४० दशमलव ९० प्रतिशत लगानी छ ।
वार्षिकोत्सव अवसर पारेर बैंकले कोरोना महामारी र यसबाट हुन सक्ने मृत्युबाट नागरिकलाई जोगाउने प्रयासमा हातेमालो गर्दै नेपाल सरकारलाई ६६ लाख बराबरको २ हजार ५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको छ । सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगर, महाकाली अञ्चल र टीकापुर अस्पताललाई ४ लाखको आर्थिक सहयोग गरेको छ । उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टीकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्टे«टर खरिद गरिनेछ ।
बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट ग्राहकलाई बैंकिङ सुविधा दिँदै आएको छ ।