लुम्बिनी गुरुयोजना विपरीत रिसोर्ट सञ्चालनको अनुमति खारेज

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले लुम्बिनी विकास गुरुयोजना विपरीत रिसोर्टलाई जग्गा दिने यसअघिको निर्णय खारेज गरेका हुन् । लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष समेत रहेका श्रेष्ठले मंगलबार परिषद्को बैठक राखी लुम्बिनी परिसर भित्र क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गतेको निर्णय खारेज गरेको हो । गुरुयोजना विपरीत ‘क्याम्पेन ग्राउन्ड’ मा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिने गरी अन