उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिका र दक्षिण कोरियाले गरे गोप्य अभ्यास

अमेरिका र दक्षिण कोरियाले सार्वजनिक घोषणा नगरिकनै संयुक्त अभ्यास थालेको दक्षिणका सैन्य स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।  उत्तर कोरियासँगको तनाव बढिरहेको बेलामा यस्तो गोप्य अभ्यास गरिएको हो ।  सोमवार दक्षिण कोरिया र अमेरिकाका एरियल युनिटहरूले संयुक्त युद्धाभ्यास गरेका हुन् । उत्तर कोरियाले अक्टोबर महिनाको मध्यमा पनडुब्बीबाट ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि यो युद्धाभ्यास गरिएको हो ।  दक्षिण कोरियाको समाचार संस्था योन्हापले एकजना अधिकारीलाई उद्धृत गर्दै पाँचदिने अभ्यासमा दुवैतर्फ...