कतिपय साहित्यकारहरूको जीवन गरिबीमा नै वितेको भनिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा पनि धेरैले गरिब थिए भन्छन् तर उनको आर्थिक अवस्था त्यस्तो थिएन । त्यतिबेला देवकोटाका बुवा राजदरबारभित्रका पण्डित थिए । देवकोटा आफैँ पनि ट्युसन पढाउँथे, आर्थिक अवस्था एकदमै नाजुक थियो भनिन्छ तर त्यो हौवा मात्र हो ।जति हौवा चलेको छ, त्यो रूपको गरीब देवकोटा होइनन् । खासमा उनले आफ्नो आयस्रोतलाई व्यवस्थापन गर्न नसकेका हुन् । देवकोटा उदार स्वभावका थिए । तलब सलब लिएर आयो, ट्युसन पढायो, विद्यार्थीसँग पैसा लियो अनि