‘हाम्रो मन नेपालसँगै छ’: न्युयोर्ककी गभर्नर होकुलद्वारा बाढीपीडितप्रति प्रार्थना र समर्थन

न्युयोर्ककी गभर्नर क्याथी होकुलले नेपाल–तिब्बत सीमाक्षेत्रमा हिमनदी खस्दा आएको विनाशकारी बाढीपछि न्युयोर्कको नेपाली समुदायप्रति समर्थन व्यक्त गर्दै बिहीबार नेपालका लागि प्रार्थना गरेकी छन्। “हाम्रो मन नेपाल र नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित सबैसँग छ,” होकुलले एक्समा लेखेकी छन्। “ज्यान गुमाएकाहरूप्रति हामी शोक व्यक्त गर्छौं, अझै बेपत्ता भएकाहरूका लागि प्रार्थना गर्छौं र आफ्ना प्रियजन गुमाएका […]