नेपाली सीमा र अस्मितामाथि भारतीय पक्षबाट गम्भीर चोट पुर्याउने घटना भइरहेकोप्रति नेपाल तरुण दलले ध्यानाकर्षण भएको जनाएको छ। दलका महामन्त्री भूपेन्द्रजंग शाहीबाट हिजो जारी गरिएकाे विज्ञप्तिमा उक्त कदमलाई तत्काल रोक्न माग गरिएकाे छ। ‘नेपाली सीमा अतिक्रमण भएको घटनाले हामीलाई दुःखी र आक्रोशित बनाएको छ, पर्सा, रौतहट, कञ्चनपुरलगायत जिल्लाको नेपाली भूमि मिचेर जंगे पिलर सारिएको घटनाप्रति…