अष्ट्रेलियाको दबदबा कायम, भारतलाई हराउँदै जित्यो स्वर्णपदक

काठमाडौं । महिला क्रिकेटमा आफ्नो दबदबा कायम राख्ने क्रममा अष्ट्रेलियाले आइतबार राति कमनवेल्थ गेम्समा भारतलाई नौ रनले हराउँदै स्वर्णपदक जितेको छ । महिला एसेस शृंखला जित्नुका साथै एकदिवसीय र ट्वान्टी–२० दुवै स्वरूपको विश्वकपमा उपाधि जित्न सफल अष्ट्रेलियाले कमनवेल्थमा पनि स्वर्णपदक हासिल गरेको हो । वेथ मुनीले ६१ रन बनाएपछि बर्मिङ्घमस्थित एडबास्टन क्रिकेट...