अबिरल वर्षापछिको बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा ठूलै विनाश निम्त्याएको छ ।
कैयन घरहरू पुरिएका छन् भने धनजनको ठूलै क्षति भएको छ ।
केहीले परिवारका सदस्य गुमाएका छन् भने केही वर्षौं दु:ख गरेर बनाएको घरमा क्षति तथा त्यसभित्र रहेका सामानहरू बगाउँदा दु:खी छन् ।
स्थानीय रामकृष्ण खड्काको पीडा, उनकै शब्दमा :
मेरो नाम रामकृष्ण खड्का हो । धेरै दुःख गरेर एउटा घर बनाएको थिएँ । आज मेलम्ची खोलो आएर डुबानमा पार्यो । यस्तो होला भन्ने कल्पना पनि गरेको थिइनँ । घरबाट खोलो १५० मिटर टाढा थियो । यहाँसम्म बाढी आउला भनेर त क...