गाँजा फाड्दै सुरक्षा अधिकारी

व्यक्तिले रोपेको गाँजाको बोट नष्ट गर्न प्रमुख जिल्ला अधिकारी र डीएसपी नै खटिएका छन् । जनप्रतिनिधि, स्थानीय अगुवालाई साथमा लिएर गाँजा नष्ट गरिएको हो । सार्वजनिक स्थल, व्यक्तिगत जग्गा तथा घर छेउछाउमा उम्रिएका गाँजाको बोट काटेर नष्ट गरिएको डीएसपी कृष्णबहादुर कार्कीले बताए ।

सम्बन्धित सामग्री

तत्काल हटाइनु पर्छः अभियन्ता, हतार गर्नुहुन्नः सुरक्षा अधिकारी

संयुक्त राष्ट्र संघको लागू औषधसम्बन्धी नियोगले गाँजालाई प्राणघातक लागू औषधको सूचीबाट हटाउने वा राख्ने भन्ने बिषयमा भएको मतदानमा हटाउने बिषयमा मतदान गर्ने राष्ट्र धेरै देखिएपछि नेपालमा गाँजाले वैधानिकता पाउनु पर्ने बहस उचाइमा पुगेको छ । गाँजालाई औषधीय गुण भएको भन्दै गाँजाको खेतिको बैधानिक बाटो खोजिरहेका अभियानकर्मीहरु यतीबेला हौसिएका छन् । तर लामो समयदेखि लागू औषध नियन्त्रणमा कार्यरत नेपाल प्रहरीका सेवा निवृत्त बिशिष्ट अधिकारीहरुले भने,‘मकै, गहँु छरे जसरी गाजाँ खेती गर्न पाउने अवस्था नआएको भन्दै हतार नगर्न’ अनुरोध गर्छन् । गाजाँले आर्थिक विकासमा टेवा पु¥याउने र नेपालको अहिले भएको कूल बजेटको १० गुणासम्म गाँजा खेतिबाट बढ्ने भएकाले यसले वैधानिकता पाउनु पर्नेभन्दै संसदमा गाँजा बिधेयक दर्ता समेत भएको छ ।