काठमाडौं । नेपालमा समेत प्रदर्शन भइरहेको फिल्म ‘दिमाग खराब’ मध्यपूर्वका देशमा शुक्रबारदेखि रिलिज भएको छ । निश्चल बस्नेत निर्देशित फिल्म युएई, बहराइन र कतारमा प्रदर्शनमा आएको हो । तीनै देशमा फिल्मले उत्साहजनक ओपनिङ गरेको मध्यपूर्व वितरक अनिशसिंह ठकुरीले जानकारी दिए । उनका अनुसार फिल्मले युएईमा १७, कतारमा १५ र बहराइनमा ७ शोज पाएको छ । […]