मोरङ- न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयले नै गर्नुपर्ने जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष यादवले न्यायालयमा राजनीतिक हस्तक्षेप गर्न नहुनेमा जोड दिए। उनले भने, ‘न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयले नै गर्नुपर्छ। यसमाथि राजनीतिक हस्तक्षेप रहँदा त्यसको नकारात्मक असर पर्नेछ। त्यसैले न्यायालयको समस्यामा राजनीतिक दलले हस्तक्षेप गर्न […]