विश्वकै उत्कृष्ट १० मा परेको अन्नपूर्ण चक्रीय मार्गमा कुनै बेला स्वदेशी तथा विदेशी पर्यटकको लर्को हुन्थ्यो । लमजुङको बेसीसहरबाट सुरु भएर म्याग्दीको बेनीमा अन्त्य हुने यो पदमार्ग २१ दिनको थियो । अहिले अन्नपूर्ण चक्रीय पदमार्गमा मोटर गुड्न थालेसँगै २१ दिनको पदयात्रा अवधि घटेर ७ दिनमा झरेको थियो भने पछिल्लो समय त्यो अवधि पनि घटेर ४ दिनमा आइपुगेको छ ।पदयात्रा अवधि घटेर ४ दिनमा आइपुग्दा यो पदमार्गमा व्यवसाय गरेर बसेका कयौं व्यवसायी विस्थापित भएका छन् । पथप्रदर्शक तथा पर्यटक भरियाहरुले अर्कै विकल्प खो