पूर्वी पहाडी जिल्ला भोजपुर पछिल्लो समय विकासतर्फ लम्कन थालेको छ । मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि एकाएक भोजपुरमा समृद्धिको लहर आएको हो ।संघीय संरचनासँगै गाउँगाउँसम्म सडक पुगेका छन् भने विद्युतीकरणले गाउँबस्ती अन्धकारमुक्त बनेका छन् । कृषि उपजहरु देशविदेश पुगेका छन् । आर्थिक श्रोतका प्रशस्त सम्भावनालाई उजागर गरेको छ ।विकास र समृद्धितर्फ उन्मुख भोजपुरले आर्थिक पर्यटनमा गतिलो खुड्किलो थप्दै गएको छ । सरकारको एकसय नयाँ पर्यटकीय गन्तव्यमा परेको भोजपुरको टेम्केडाँडा मुन्दुम पदमार्ग ‘टुरि