निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु गरिएको छ । समितिले बिहीबार एक विज्ञप्ति जारी गरी आगामी असोज २४ गते हुने निर्वाचनको तयारी सुरु गरिएको जानकारी दिएको हो ।
युनियनको निर्वाचन सम्पन्न गर्न सरकारले न्याय सेवा कानुन समूहका सहसचिव कलानिधि पौड्याललाई प्रमुख निर्वाचन अधिकृत तोकेको जनाइएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने निर्देशिका, कार्यविधि तथा आचारसंहिता निर्माणको कार्य गरिरहेको जनाइएको छ । निर्वाचनले आगामी चार वर्षका लागि केन्द्रीय, विभागीय र जिल्ला स्तरका ट्रेड युनियनको टुङ्गो लगाउनेछ ।