मकवानपुर । ७७ जिल्लाका युवा समितिका अध्यक्षहरु यतिबेला कामविहीन छन् । हालसम्म कार्यालयको समेत टुङ्गो लाग्न नसके पनि उनीहरुले जनही मासिक २० हजारका दरले तलब–भत्ता बुझ्दै आएका छन् । २०७२ साल फागुन १९ गते युवा परिषद्को उपाध्यक्षमा माधव प्रसाल ढुङ्गेल नियुक्त भएका थिए । उनले पहिलो कार्यकालमा ७५ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरे ।युवा सम्बन्धी योजना तथा कार्यक्रम सञ्चालनका लागि प्रत्येक जिल्लामा युवा समिति रहने गरी ऐन बनाइएको छ । नेपाल सरकारद्वारा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा