१६ माघ, काठमाडौं । अमेरिकी खोप निर्माता नोभाभ्याक्सले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप संक्रमण नियन्त्रणमा ८९.३ प्रतिशत प्रभावकारी पाइएको छ । बीबीसीका अनुसार बेलायतमा गरिएको क्लिनिकल परीक्षणको क्रममा उक्त खोप कोरोनाको नयाँ प्रकार (भेरियन्ट)का लागि पनि प्रभावकारी पाइएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले नोभाभ्याक्सको कोरोना खोप प्रभावकारी देखिनु ‘सुखद् समाचार’ रहेको बताए […]