अमेरिकामा ९,७१६ नेपालीका देशनिकालाका मुद्दा पेन्डिङ, ५% सँग छैन वकिल; कति पर्छ कानुनी शुल्क?

अमेरिकी अध्यागमन अदालतहरूमा देशनिकालाको सामना गरिरहेका आधाभन्दा बढी आप्रवासीसँग कुनै वकिल वा मान्यता प्राप्त प्रतिनिधि छैनन्। तर नेपाली नागरिकको हकमा भने कानुनी प्रतिनिधित्व नभएका व्यक्तिको सङ्ख्यामा उल्लेख्य गिरावट आएको छ। आर्थिक वर्ष २०२६ मा राष्ट्रिय स्तरमा अध्यागमन अदालतमा रहेका ५३.६७ प्रतिशत व्यक्तिसँग कानुनी प्रतिनिधित्व थिएन। जुन महिनाको अन्त्यसम्म देशभर विचाराधीन रहेका ३१ लाख ९५ हजार […]