विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर परिसरबाट २०७६ मंसिर १ मा अष्टबाहु नारायण (विष्णु) को मूर्ति चोरी भयो । २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त मन्दिर परिसरको सत्तल पुनर्निर्माणको क्रममा हनुमान र अष्टबाहु नारायणको मूर्ति झिकेर बाहिर राखिएको थियो । सोही क्रममा मूर्ति चोरी भएको हो । भूकम्पपछि क्षतिग्रस्त मन्दिर सुरक्षाका लागि २४ सै घण्टा सशस्त्र प्रहरी खटिने गरेकोमा सुरक्षा घेराबाटै मूर्ति चोरी हुनुलाई अस्वाभाविक मानिएको छ । हराएको मूर्ति अझै भेटिएको छैन ।