काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले न्युक्यासललाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले न्युक्यासललाई २–० गोल अन्तरले हराएको हो । आर्सनलका लागि खेलको १४ औँ मिनेटमा मार्टिन ओडेगार्डले एक गोल गरे ।
यस्तै खेलको ७१ औँ मिनेटमा न्युक्यासलका फाबियन स्कारले आत्मघाती गोल गरे । जितसहित आर्सनलले प्रिमियर लिगको उपाधि होडमा आफूलाई कायम राखेको छ । आर्सनलले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँगको दूरी एक अङ्कमा झारेको छ ।
शीर्ष स्थानको सिटीको ८२ अङ्क छ भने आर्सनलको ८१ अङ्क छ । न्युक्यासल भने तेस्...